उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँच दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा आफ्ना कोरियाली समकक्षी इन्क्यो च्योङको निमन्त्रणामा उनी कोरिया भ्रमणमा गएका थिए।
भ्रमणका क्रममा नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन ‘फ्रेमवर्क’ (टिआइपिएफ) सम्झौतामा हस्ताक्षर भएको थियो।
मन्त्री भण्डारीले त्यहाँ रहँदा कोरियाका लगानीकर्ताहरुसँग छलफल गर्नाका साथै नेपालमा लगानी गर्न आग्रह गरेका थिए।। साथै उनले कोरियामा नेपाली वस्तुको प्रवर्द्धनका लागि त्यहाँका चेम्बर पदाधिकारीसँग पनि विचारविमर्श गरेका थिए।
यसैबीच, नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न बिहीबार नै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र कोरिया इम्पोटर्स एसोसिएशनका अध्यक्ष बुवाङ कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
















चुनावी घोषणापत्र छिट्टै प्रकाशन गर्ने नेपाली कम्युनिष्ट पार्टीको निर्णय
टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग भिड्दै
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया