सशस्त्र प्रहरीद्वारा पर्साबाट डेढलाख बढिकाे क्याप्सुल लागूऔषध बरामद

पर्सा । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–३ स्थित प्रगतिगरको एक किराना पसलबाट सशस्त्र प्रहरी बलले डेढ लाख भन्दा बढि क्याप्सुल लागूऔषध बरामद गरेको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको नं.१३ गण पर्सा, बिओपी सिर्सिया र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले सोही ठाउँ बस्ने राजाराम महतो कोइरीले संचालन गरेको सृष्टी किराना जेनरल स्टोरमा विशेष सूचनाको आधारमा शनिवार राती खानतलासी गरेको थियो । सो क्रममा ५ वटा कार्टुनमा अबैध रुपले भण्डारण गरी राखिएको १ लाख ५१ हजार ८ सय ६० क्याप्सुल ट्रमाडोल हाइड्रोक्लोराईड नामक लागूऔषध बरामद भएको हो ।
स्टोर संचालक कोइरीलाई समेत वीरगंज भन्सार कार्यालय अगाडीबाट सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका कोइरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

















‘एक्सट्रिम च्याम्पियन अनर एक्सफाइभसी’ सार्वजनिक
गृहमन्त्री अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजकको भेट
अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु
बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार
बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रतिक्रिया