अदालतमा हाजिर भइन् इन्सपेक्टर बिनु शाही
मेरोन्यूज
२०८१ पुष ७ गते १४:१५

काठमाडौं । ललितपुरको भैँसेपाटी प्रभागबाट सार्वजनिक भएको हनी ट्र्याप घटनामा प्रभागकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही अदालतमा आफैँ उपस्थित भएकी छन्।
शाही आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी हुन्।
जिल्ला न्यायाधीश रीताकुमारी बखरेलको इजलासमा उनको बयान सुरु गरिएको छ । उनको बयान सकिएपछि बहस हुनेछ। त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने भन्ने आदेश सुनाइने छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हनी ट्र्यापको आरोपमा शाहीसहितलाई प्रतिवादी कायम गरेर मुद्दा दर्ता गरेको थियो। शाही भने अनुसन्धान सुरु भएयता फरार थिइन्।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया