आज पुस ९ गते मंगलबार , कस्तो छ तपाईंको राशिफल ?

काठमाडौं । आज २०८१ साल पुस ९ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर २४ तारिख। पौष कृष्ण पक्षको नवमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : आज तपाईं आफ्नो काममा व्यस्त हुनुहुनेछ भने मेहनत अनुसारको फलको प्राप्ति पनि हुनेछ। नयाँ जिम्मेवारीले तपाईंको योग्यतालाई देखाउने छ। पारिवारिक विषयवस्तुमा सुधार हुनेछ। धनसम्बन्धित मामिलामा लाभ रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष : व्यापार व्यवसायमा मनज्ञ लाभ मिल्नेछ। विद्यार्थीहरुको अध्ययन भन्दा खेलकुदमा समय बित्नेछ। सन्तानलाई गरिएको बाचा पूरा गर्न धन खर्च हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सहकारी वा वित्तीय संस्थामा दिएको आवेदन स्वीकृति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन : आजको दिन उत्तम र सफलतादायक रहनेछ। कार्य क्षेत्र होस् या व्यापार व्यवसाय हरतर्फ सोचेका कार्य पूरा हुनाले मन प्रसन्न रहनेछ। अरुको वादविवाददेखि अलि टाढा रहनुहोला। कर्म गरे अनुसार फलको प्राप्ति हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : सहयोगीहरूले उत्साह जगाउनेछन्। विद्यार्थीहरूको पढाइमा ध्यान केन्द्रित हुनेछ। अधिकारीहरूसँग अनवन थियो भने आज सम्वादले गर्दा कुरा सुल्झिनेछ। धैर्य र पराक्रमले सोचेका काम सम्पादन हुनेछन्। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ७ रहेको छ।
सिंह : उद्योग जगतमा नयाँ कार्यको प्रारम्भ हुनेछ। पुरानो मित्रसँग भेटघाटले मन प्रसन्न रहनेछ। सरकारी योजनाहरूको लाभ मिल्नेछ। बोलीचाली वा व्यवहारमा परिवर्तन आउनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।
कन्या :प्रगतिका नयाँ मार्गहरू खुल्नेछन्। कुनैपनि कार्यमा भाग्य भन्दा कर्ममाथि विश्वास राख्नुहोस्। गलत सङ्गतबाट थोरै सचेत हुनुपर्ने समय रहेको छ। संगीतको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।
तुला : आजको दिन प्रशन्नतामा बित्नेछ। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। उत्साहपूर्ण दिन रहेको छ। कार्यक्षेत्रमा सजग भएर कार्य गर्नुहोला। प्रेम सम्बन्ध सुमधुर रहेको छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : नोकरी वा पेशामा आम्दनी बढ्नाले मन आनन्दित रहनेछ। विस्तार पूर्वक कार्य गर्नमा मन लाग्नेछ। दाजुभाइको सहयोग मिल्नेछ। सरकारी नोकरीको तैयारी गर्दै हुनुहुन्छ भने सावधानी राख्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
धनु : आजको दिन कुनै ठूलो उपलब्धि मिल्ने सम्भावना छ। बिग्रेको कार्य दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। भूमिगत सम्पत्तिको लागि नयाँ रूपरेखा बन्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
मकर : धन सम्बन्धी मामिलाहरूमा आजको दिन उत्तम रहनेछ। विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आकस्मिक यात्राका योग छन् जानुभन्दा अगाडि मातापिताको आशीर्वाद लिएर निस्किनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ : आज आत्मविश्वासमा वृद्धी हुनेछ। पारिवारिक समस्याहरूलाई परिवारको भित्र सुल्झाउने प्रयास गर्नुहोला। व्यापार व्यवसायमा शत्रुहरूले हानी पुर्याउन सक्छन्। कसैमाथि आँखा चिम्लेर भरोसा नगरौँ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
मीन : कार्यक्षेत्रमा आयका स्रोतहरू बढ्नेछन्। शुभचिन्तकहरूको सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। महत्वकांक्षाले समस्या निम्त्याउनेछ। जीवन साथीको सल्लाहले लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।















नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण
Storm induced disasters kill two, injuring six others in Udayapur
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
National Park provides relief to farmers affected by wild animals
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया