सोमबार, जेठ ५, २०८२

एमालेले भीम रावललाई पार्टीबाट हटायो

मेरोन्यूज २०८१ पुष १० गते १९:५४

काठमाडौं । नेकपा (एमाले)ले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । आज बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको हो ।

एमालेका पूर्वउपाध्यक्ष रावललाई कात्तिक ६ गते स्पष्टीकरण सोधेको थियो । एमालेलाई व्यवसायी तथा समाजसेवी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषय र विभिन्न समयमा पार्टीविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको थियो ।

आजको सचिवालय बैठकले पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीबाट हटाएको हो ।

प्रतिक्रिया