शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक प्रहरीसँग मिलेर ट्राफिक सुरक्षा सम्बन्धी भिडियो मार्फत सचेतना अभियान सञ्चालन गरेको छ । यस अभियानले फेरी पनि शाओमीको समाजको हितप्रतिको प्रतिबद्धतालाई झल्काएको कम्पनीकाे दाबी छ ।
यो सचेतना अभियानले ट्राफिक नियमहरूको पालना गर्नुको महत्व तथा सडक सुरक्षाको बेवास्ता गर्दा हुने गम्भीर परिणामहरूलाई विशेष जोड दिएको कम्पनीकाे भनाइ छ । कम्पनीका अनुसार भिडियोमा नेपालमा हुने सडक दुर्घटनाका मुख्य कारणहरू जस्तै तीव्र गतिमा सवारी चलाउनु, मद्यपान गरेर सवारी हाँक्नु, गलत ठाउँमा बाटो काट्नु, ओभरहेड पुल प्रयोग नगर्नु र सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गर्नुलाई सम्बोधन गरेकाे छ । अभियानको मूल उद्देश्य भनेको जिम्मेवार भएर सवारी चलाउने अभ्यासलाई प्रवर्धन गर्नुका साथै सडक दुर्घटना र यसबाट हुने मृत्यु दर कम गर्नु रहेको कम्पनीले बताएको छ ।
यस अभियानको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले भन्नुभयो, “शाओमीको लक्ष्य व्यापार मात्र नभई समुदायहरूको सुरक्षा र कल्याणमा योगदान पु¥याउनु पनि हो । ट्राफिक प्रहरीसँगको सहकार्यमा सञ्चालन गरिएको यो ट्राफिक सचेतना अभियान नेपालका सडकलाई सबैका निम्ती सुरक्षित बनाउने हाम्रो प्रयास हो ।”
शाओमी नेपाल र नेपाल ट्राफिक प्रहरीबीचको यो सहकार्यले सडक सुरक्षा र ट्राफिक नियमहरूको पालनाको महत्वबारे सर्वसाधारणलाई सचेत बनाउनुका साथै सडकलाई सुरक्षित बनाउन मद्दत पु-याउने कम्पनीकाे विश्वास छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया