जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन

काठमाडौँ । साना चार पाङ्ग्रे सवारी साधन (कार) का लागि ख्याति कमाएका विशेषज्ञ ओसामु सुजुकीको बुधबार निधन भएको छ । उनी ९४ बर्षको थिए ।
कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गरी सुजुकी मोटरलाई विशेषगरी भारतमा ठूलो सफलता हासिल गराउने र अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा विकास गर्न सफल सुजुकीको निधनको पुष्टि गरेको छ ।
सफल व्यवसायीको चार दशकलामो नेतृत्वपछि सन् २०२१ मा अवकास लिनुभएका सुजुकीको कार्यकालमा कम्पनीको बिक्री १० गुणाभन्दा बढीले वृद्धि भएको थियो ।
सन् १९३० जनवरी ३० मा मध्य जापानी क्षेत्र गिफुमा जन्मिएका उनले फर्मको संस्थापकको परिवारमा विवाह गर्नुभएको थियो भने पछि सन् १९७८ मा यसको अध्यक्ष बनेका थिए ।
आफूलाई ‘सानो व्यवसायमा बूढो मानिस’ भन्न रूचाउने उहाँनले हल्का वजनको ‘केई’ सवारी साधनहरू निर्माण गर्नमा ध्यान केन्द्रित गरे। ती सवारी साधनमध्ये धेरै उनीहरूको ईन्धन दक्षता र चलाउनका लागि सजिलो भएका कारण प्रसिद्ध थिए ।
उनले आफ्नो व्यवसाय विस्तार गर्न सक्रिय रूपमा अन्तर्राष्ट्रिय साझेदार र अवसरहरूको खोजी गरेबा थिए । कार निर्माता कम्पनी सुजुकीले कुनै समय जनरल मोटर्स र फक्सवागनसँग सहकार्यका लागि सम्झौता गरेको थियो र सन् २०१९ मा टोयोटासँग पनि पूंजी परिचालनसम्बन्धी गठबन्धन गरेको थियो।
उनले भारतमा सुजुकीको उत्पादनलाई भारतमा विस्तार गरेका थिए । भारतमा कम्पनीको भारतीय शाखाबाट उत्पादित कारको बजारको अवस्था अहिले शीर्ष स्थितिमा रहेको छ ।
सन् २०२१ मा सुजुकीले कम्पनीको अध्यक्ष पदबाट अवकाश लिँदा कम्पनीको बिक्री ३.१८ ट्रिलियन येन (२० अर्ब अमेरिकी डलर) पुगेको थियो ।
निक्केई शिम्बुन आर्थिक दैनिकका अनुसार सन् १९७८ मा उनले कम्पनीको कार्यभार सम्हाल्दा कम्पनीको बिक्री ३२३ अर्ब येन थियो ।













नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
नगद तथा गरगहनासहित एक जना पक्राउ
महाकाली सन्धिका तीन दशकः भारतले नछोड्दा मूल नहरमा बगेन पानी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया