गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउनुपर्छ : कृषिमन्त्री अधिकारी
मेरोन्यूज
२०८१ पुष १२ गते २०:५४

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् ।
नेपाल बीउ व्यवसायी सङ्घको २६ औँ साधरणसभा तथा अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले कृषि क्षेत्रको आधार स्तम्भ बीउ भएकाले समयमै गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन व्यवसायीले ध्यान पुर्याउन आवश्यक रहेको बताएका हुन् ।
आमनागरिकको घर खेतसम्म बीउ पुग्ने र यस्मा समस्या देखिँदा खाद्य सङ्कट समेत आउन सक्ने भएकाले बीउबिजनमा काम गर्नेहरू थप संवेदनशील हुन जरूरी रहेको मन्त्री अधिकारी बताउँछन् ।
गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउन सरकारले कानूनी, संरचनागत तथा संस्थागत प्रवन्धहरू विगतदेखि नै गर्दै आइरहेको भन्दै बीउबिजन ऐन, २०४५ तथा बीउबिजन नियमावली, २०८१ मा भएका नयाँव्यवस्था निजी क्षेत्रमैत्री रहेको पनि उनको भनाइ छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया