कर्णालीमा एक हजार बढी अपाङ्ग बालबालिकाको शल्यक्रिया

कर्णाली। अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडिसी) ले यहाँका एक हजारभन्दा बढी अपाङ्गता भएका बालबालिकाको शल्यक्रिया गरेको छ।
अस्पतालले स्थापनाको दुई वर्षयता १८ वर्षमुनिका एक हजार दुई सय ४५ बालबालिकाको शल्यक्रिया गरेको हो। जन्मजात खुट्टा तथा पैतला बाङ्गो भएर असहज जीवन व्यहोरिरहेका ती बालबालिकालाई शल्यक्रियामार्फत सामान्य जीवनशैलीमा फर्काइएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतका कार्यालय प्रमुख होमराज केसीले जानकारी दिए।
“दुई सय ७६ जनालाई सहायक सामग्री नाप्जाम तथा वितरण र प्रदेशका विभिन्न कार्यालय, समुदाय तथा विद्यालयमा पुगेर करिब पाँच हजार दुई सयभन्दा बढीलाई यसबारे अभिमुखीकरण दिइएको छ”, उनले भने, “मङ्गलबार मात्र ५५ बालबालिकाको पहिचान तथा उपचार हुँदा १० बालबालिकालाई शल्यक्रियाका लागि हालै अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र काभ्रे बनेपामा भर्ना लागि सिफारिस गरिएको छ।
पाँच बालबालिकालाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाएको जनाइएको छ।” कर्णालीमा जन्मजात अपाङ्ग भएर जन्मने बालबालिकाको सुर्खेतमै शल्यक्रिया हुन थालेपछि अहिले अस्पतालमा आउने सेवाग्रहीको सङ्ख्या दैनिक रुपमा वृद्धि हुँदै गएको उनले जनाउनुभयो। कार्यालय प्रमुख केसीका अनुसार कर्णाली प्रदेशमा उपचारात्मक अवस्थाका अझै १० हजारभन्दा बढी अपाङ्गता भएका बालबालिकाहरु छन्। यसमा सबैभन्दा बढी बालबालिका जाजरकोटमा छन्।
अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले सुर्खेतले फिजियोथेरापी सामग्री तथा उपकरणका साथै सहायक सामग्री पनि राखेको छ। विकट भूगोल, अशिक्षा, गरिबी, कुपोषित आमा र असहज वातावरणले कर्णालीमा जन्मजात अपाङ्ग भएर जन्मने बालबालिका सबै राज्यको पहुँचमा नहुँदा पुनःस्थापन केन्द्रले ठूलो राहत पु¥याएको वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका वडाध्यक्ष दिनेश खत्रीले बताए।
“अपाङ्गताका कारण समाजबाट हेपिएका, नैराश्य जीवन व्यतित गरिरहेका र उपचारको अभावमा पिल्सिएका बिरामी तथा परिवारका लागि अपाङ्ग बाल अस्पताल वीरेन्द्रनगर–१ सुर्खेत ठूलो सहयोगी बनेको छ”, वडाध्यक्ष खत्रीले भने, “पुनःस्थापन केन्द्रको कार्य, यसले राखेको लक्ष्य र लिएको उद्देश्य परिपूर्ति गर्न वडासहित स्थानीय सरकार आवश्यक सहयोग गर्न लागिपर्छ।”
जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र कर्णाली प्रदेश कार्यालय स्थापनाले यहाँका १८ वर्ष मुनिका बालबालिकालाई ठूलो राहत गरेको प्रतिक्रिया दिए। नागरिक सेवा र समाज कल्याणमा राज्यले गर्न नसकेका काम गर्ने सामाजिक संस्थालाई सरकारले विशेष सहयोग गर्नुपर्ने प्रमुख सुनारको भनाइ छ।
सामुदायमा आधारित पुनर्वास (सिविआर) का संयोजक नित्रबहादुर देउजाले अपाङ्ग बाल अस्पताल कर्णाली प्रदेशले विभिन्नि जिल्लाका एक हजार आठ सय ५५ जनालाई मोबाइल क्याम्पमार्फत स्क्रिनिङ गरिएको बताए। उहाँका अनुसार अपाङ्गता भएका बालबालिकाको उपचार सामग्रीसहित उनीहरुको पुनःस्थापनमा सिबिएम ग्लोबलको ठूलो सहयोग रहेको छ।
अपाङ्ग बाल अस्पताल, राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेश, सिएमसी नेपाल सिबिएम ग्लोबल नेपालको संयुक्त साझेदारीमा भूकम्पपश्चात् जाजरकोटको भेरी तथा नलगाड नगरपालिका, बारेकोट र कुसे गाउँपालिका, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका तथा आठबीसकोट नगरपालिकामा मोबाइल क्याम्प गरी पाँच हजार ६७ जनालाई उपचार सेवा र त्यसमध्ये एक सय १८ जनालाई शल्यक्रियाको लागि अपाङ्ग बाल अस्पतालमा सिफारिस गरिएको संयोजक देउजाले जनाए।
उनले प्रदेश कार्यालय स्थापना भएयता पाँच सय ८७ जनालाई सहायक सामग्री नापजाप तथा वितरण गरिएको बताए। संयोजक देउजाका अनुसार अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले अहिलेसम्म देशैभरि एक लाख २१ हजार एक सय ९१ बालबालिकाको उपचार गरिएको छ भने अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र कर्णाली प्रदेश सुर्खेतको सेवा विस्तारका लागि सिबिएम ग्लोबल नेपालले करिब रु २२ लाख बराबरको सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका प्रतिनिधि जीतलाल ढकालले अपाङ्ग बालबालिकाको क्षेत्रमा काम गर्ने पुनःस्थापन केन्द्रको भूमिका प्रभावकारी बन्दै गएको बताए। उक्त अस्पतालको कार्य विस्तारले अब यहाँका अपाङ्गता भएका बालबालिकाले उपचार अभाव व्यहोर्न नपर्ने उनको भनाइ छ।
भौगोलिक विकटता, गरिबी र कुपोषणको समस्याका कारण उपचारको पहुँचमा नरहेका अपाङ्गता भएका बालबालिकाको पहिचान, उनीहरुको सहज पहुँच र उपचार तथा अपाङ्गता शिक्षा विस्तार एवं कार्ययोजनाका लागि आगामी दिनमा कसरी जाने भन्ने विषयमा अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र, राष्ट्रिय अपाङ्ग महासंघ, सिबिआर ग्लोबल, आइएनएफ, सिएमसी, सोसेक, नेपाल, रेडक्रस तथा आँखा अस्पताल, एभरेष्ट क्लबलगायतका साझेदार संस्थाहरुले शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा कार्यशाला गोष्ठी सम्पन्न गरेका छन्।















National Park provides relief to farmers affected by wild animals
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्दै
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया