परराष्ट्रमन्त्री राणाले दिइन् भारतीय पूर्वप्रधानमन्त्री सिंहलाई श्रद्धाञ्जली
मेरोन्यूज
२०८१ पुष १४ गते २०:०८

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । आइतबार काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालयमा पुगेर उनले सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।
गत बिहीबार राति उपचारको क्रममा सिंहको निधन भएको थियो । उनको नयाँ दिल्लीस्थित निगमघाटमा अन्तिम संस्कार गरिएको थियो ।
भारतीय राजदूतावासमा राखिएको शोक पुस्तिकामा परराष्ट्रमन्त्री राणाले श्रद्धाञ्जलीका शब्दहरू लेखेकी छिन् ।
‘डा. सिंह एक दूरदर्शी नेता र नेपालका सच्चा मित्र हुनुहुन्थ्यो । लोकतन्त्र र विकासमा उहाँको सहयोगका लागि नेपाली जनताले उहाँलाई सधैं कदर गरिरहनेछ,’ श्रद्धाञ्जली व्यक्त गरेपछि उनले सामाजिक सञ्जालमार्फत् भनेकी छिन् ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया