आज पुस १६ गते मंगलबार, कस्तो छ तपाईंको राशिफल ?

काठमाडौं ।आज २०८१ साल पुस १६ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर ३१ तारिख। शुक्ल पक्षको प्रतिपदा तिथि। तोल ल्होसार। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : आत्मविश्वासमा वृद्धी हुनेछ। उच्च शिक्षालाई लिएर नयाँ योजनाहरू बन्नेछन्। कार्यक्षेत्रमा मेहनत अनुरूप प्रतिफल मिल्नेछ। घरपरिवार र मित्रहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
वृष : व्यापार व्यवसायमा जोखिम लिँदा हानी नोक्सानी हुन सक्ला। वैदेशिक रोजगारको लागि नयाँ अवसर मिल्नेछ। आफ्नो भावनालाई नियन्त्रणमा राख्नुहोस्। स्वास्थ्य प्रति सचेत रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन :आफ्नो कार्यमा लगनशीलताले अगाडि बढ्दा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। समाजका माननीय जनहरूको साथले हौशला बढ्नेछ। आर्थिक मामिलाहरूमा दिन उत्तम रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक २ रहेको छ।
कर्कट :कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने हुन्छ। नोकरीको क्षेत्रबाट शुभ सूचना मिल्नेछ। कसैलाई ऋण दिन वा लिनदेखि बच्नुहोस्। खानपानमा ध्यान राख्नुहोस्। आर्थिक पक्ष सवल रहनेछ। विद्यार्थीहरूलाई पढाइमा नयाँ कुरा सिख्ने अवसर मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह : मन उत्साह र उमंगले भरिपूर्ण रहनेछ। सोचेको कार्य समयमा पूरा हुनाले अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। साहित्य र कलामा रुचि बढ्नेछ। सन्तानलाई लिएर मन चिन्तित रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।
कन्या :आफन्तहरूको साथ सहयोगले अप्ठ्यारो कार्य पनि समयमा सम्पादन हुनेछ। आर्थिक मामिलाहरूमा दिन खर्चिलो रहनेछ। मित्रहरूको सहयोग नमिल्ला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।
तुला : धैर्य र पराक्रमले आँटेको कार्य पूरा हुनेछ। शत्रुहरू परास्त हुनेछन्। नोकरी वा पेशामा लाभांश बढ्नाले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
वृश्चिक : परिवारमा सद्भाव बढ्नेछ। सञ्चित धनमा वृद्धि हुनुको साथै नयाँ कार्य प्रारम्भ गर्नको लागि दीर्घकालीन योजना बन्नेछ। बच्चाहरूको स्वास्थ्यमा ध्यान दिनुहोला। व्यापार व्यवसायमा बलभन्दा बुद्धिको प्रयोगले काममा सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
धनु : सरकारी योजनाहरूको लाभ मिल्नेछ। वित्तीय र सहकारी संस्थाबाट सफलता मिल्नेछ। गुप्त योजनाहरू सार्वजनिक गर्नबाट बच्नुहोस्। शेयर बजारमा लगानीको लागि जानकारको सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मकर : नयाँ रोजगारको प्राप्तिमा बाधा आउनेछ। मनमा अज्ञात भय रहनेछ। भाग्यको साथ मिल्नेछ। प्रतियोगी परीक्षामा सफलता पाइनेछ। कार्यक्षेत्रमा अप्ठ्यारो कार्यमा हात हाल्नुपर्ने हुन्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ :अध्ययनमा आइरहेको बाधा समाप्त हुनेछ। कृषिमा पशुधनबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात पार्न सकिएला। व्यापार व्यवसायलाई विस्तार गर्ने योजनाहरूमा ध्यान केन्द्रित गर्नुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मीन : राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। कानुनी मुद्दा मामिलाहरूमा सफलता मिल्नेछ। घरमा मांगलिक कार्यको शुभारम्भले मन आनन्दित रहनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ७ रहेको छ।














उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न आधिकारिक निकायकाे अनुरोध
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया