नागढुंगा–नौबिसे–मुग्लिन सडक निर्माणमा तीव्रता दिन भौतिक पूर्वाधारमन्त्रीको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुंगा–नौबिसे–मुग्लिन सडक निर्माणमा तीव्रता दिन निर्देशन दिएका छन् । निर्माणाधीन उक्त सडकको आज स्थलगत निरीक्षण गरी निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयलाई सो निर्देशन दिएका हुन् ।
निर्माणका क्रममा समस्या देखिएमा मन्त्रालयले समन्वय गर्ने तर निर्माण सुस्त भएमा सह्य नहुने चेतावनीसमेत उनले दिए । सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेकाले तत्काल परिणाम देखिने गरी काम गर्न मन्त्री दाहालले निर्देशन दिए ।
निरीक्षणका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रूपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेस गर्न निर्माण कम्पनी एवं आयोजना प्रमुखलाई निर्देशन दिए । कुनै पनि बहानामा निर्माणमा ढिलासुस्ती नगर्न उनले आग्रह गरे ।
त्यसैगरी सडक विभागका महानिर्देशक रामहरि पोखरेलले स्थानीयको अवरोध र समस्या मन्त्रालयले समाधान गरिसकेकाले अब परिणाम देखाउने गरी काम गर्ने जिम्मेवारी निर्माण कम्पनीको रहेको जनाए ।
निर्माण कम्पनीका प्रतिनिधिले यसअघि निर्माण सामग्री जुटाउन भएका अवरोध मन्त्रीकै पहलपछि समाधान भएको जानकारी दिए । मासिक लक्ष्य निर्धारण गरी काम गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।













सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
देउवा निवासमा छलफलपछि ज्ञानेन्द्र कार्कीले भने – पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया