सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका स्थानीय तहको नेतृत्वकर्ता र प्रदेश सरकारबीच सरकार सञ्चालन तथा नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया सुरु भएको छ ।
प्रदेशका ८८ वटा स्थानीय तहको नेतृत्वकर्ता र प्रदेश सरकारको सिङ्गो टोलीलाई एउटै मञ्चमा राखेर आजदेखि सुरु भएको अन्तरक्रियाले स्थानीय तहमा देखिने कतिपय समस्यालाई दोहोरो संवादका माध्यमबाट समाधान खोज्न, आगामी दिनमा सुधार गर्न सकिने मार्ग पहिल्याउन, प्रदेश सररकार र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न, एकापसमा असल अभ्यासहरूको सिकाइ आदानप्रदान गर्न, स्थानीय तहहरूको सम्भावना र अवसरहरूको खोजीलगायत काममा टेवा पुग्ने विश्वास गरिएको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा धनगढीमा आयोजित दुुईदिने अन्तरक्रियामा प्रदेश मन्त्रिपरिषद्का सदस्य, मन्त्रालयका सचिव, प्रदेश नीति आयोगका पदाधिकारी, विभिन्न विषयका विज्ञहरू, स्थानीय पालिकाका प्रमुख/अध्यक्षहरू, प्रदेशसभाका सदस्यहरूको सहभागिता छ ।
कार्यक्रममा सङ्घीयता सवलीकरणमा स्थानीय तहको भूमिका, अन्तर सरकार समन्वयका आयामहरू, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणमा स्थानीय तहका नेतृत्वको भूमिका र कर्तव्य, नेतृत्व विकासका आयामहरू, सार्वजनिक खर्च व्यवस्थापनमा स्थानीय तहका नेतृत्वको भूमिका, सदाचार र नैतिकता सन्दर्भमा नेतृत्वलगायत विषयमा प्रस्तुति गरेर छलफल गरिने छ ।
आज पहिलो दिन प्रदेश सरकारका प्रमुख सचिव डा कमलप्रसाद पोखरेलले सुदूरपश्चिम प्रदेशको समग्र अवस्थासम्बन्धी प्रस्तुति राखेका थिए। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अन्तरक्रियाको उद्घाटन गरेका थिए ।













आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया