सार्वजनिक जग्गाको अतिक्रमण हटाइने

महोत्तरी । सार्वजनिक पर्ती र नदी उकास जग्गामा अतिक्रमण बढ्न थालेपछि वनसम्बद्ध कार्यालय र सुरक्षा निकायले अतिक्रमण हटाउने अभियान सुरु गरेका छन् । महोत्तरीको बर्दिबास-४ वरडाँडामा तारबार लगाएर व्यक्तिले कब्जा गरेको करिब एक बिघा जग्गा वन सवडिभिजन कार्यालय गणन्ता र सशस्त्र वन सुरक्षा शाखाले तारबार भत्काइ अतिक्रमण हटाएका हुन् ।
नदी उकास क्षेत्रको जग्गा बर्दिबास-४ का मोहित तामाङले घेराबेरा लगाएका थिए । नदी उकास जग्गा घेरबार गरी टहरा बनाउने, बाली लगाएर कब्जा गर्ने प्रवृत्ति बढेपछि यस्ता जग्गाको पहिचान गरेर अतिक्रमण हटाउने अभियान थालिएको वन सवडिभिजन कार्यालय गणन्ता (महोत्तरी) का वन अधिकृत सिकेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
शनिबार थालिएको यो अभियानलाई निरन्तरता दिइने वन सव डिभिजन कार्यालय गणन्ताले जनाएको छ । “अहिले अतिक्रमण गर्नेलाई चेतावनी दिइएको छ, यस्तो घटना दोहोरिए वन ऐनअनुसार कारबाही गरिन्छ”, उनले भने। बर्दिबास नगरक्षेत्रमा सयौँ बिघा पर्ती र नदी उकास जग्गा छन् । यसै अभियानका क्रममा अतिक्रमणको पहिचान गरी हटाइने वन अधिकृत चौधरीको प्रतिबद्धता छ ।
यस्ता जग्गामा वृक्षारोपण गरेर चुरे क्षेत्रमा हरियाली प्रवर्द्धन गरिन पर्ने वातावरणविद्हरूको सुझाव छ । चुरे नजिकका पर्ती, नदी उकास र भिरालो जग्गामा माटो परीक्षणबाट उपयुक्त ठहरिने वृक्षारोपण गरिए भूक्षय न्यूनीकरण हुनसँगै हरियाली प्रवर्द्धन हुने चुरे संरक्षण अभियानमा जुट्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष चुरे विज्ञ नागदेव यादवको भनाइ छ ।













भृकुटीमण्डपमा राप्रपाको जलपान, प्रधानमन्त्री पनि सहभागी
HoR Election; 53 days to go: Social networking
Bus wreckage found in Trishuli; suspected to be the bus missing from Simaltal
कांग्रेस विशेष महाधिवेशन : एक हजार ३२७ सहभागीले गराए नाम दर्ता
पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया