आलुमा आत्मनिर्भर बन्दै नवलपरासी

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यसवर्ष थप ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार भएको छ । किसान आलुखेती तर्फ आकर्षित हुँदा गत वर्षभन्दा यसवर्ष जिल्लामा आलुखेती थप ११ हेक्टर क्षेत्रफलमा विस्तार भएको हो । जिल्लामा यस वर्ष तीन हजार दुई सय १६ हेक्टर क्षेत्रफलमा आलुखेती भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए।
“गत वर्ष तीन हजार दुई सय पाँच हेक्टरमा आलुखेती भएकोमा यो वर्ष ११ हेक्टर जमिनमा थप विस्तार भएको छ”,उनले भने,“गतवर्ष जिल्लामा ५८ हजार चार सय १३ मेट्रिक टन आलु उत्पादन भएको थियो ।” जिल्लामा बर्सेनि आलु उत्पादन हुने क्षेत्र र उत्पादन बढ्दै गएपछि आलुमा आत्मनिर्भर बनेको उनले बताए।
जिल्लामा व्यावसायिक आलुखेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा देखिएको छ । “आलु उत्पादनका हिसाबले नवलपरासी (बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ”,उनले भने,“यो वर्ष पनि समय अनुकूल छ, आलु उत्पादन राम्रो हुने अनुमान छ ।”
यस वर्ष जिल्लामा गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको समुदायस्तरमा प्रशोधन आलु प्रवद्र्धन कार्यक्रममार्फत ११ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको कृषि ज्ञान केन्द्र नवपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताए। क्षेत्रफलसँगै यस वर्ष आलु उत्पादन बढ्ने प्रारम्भिक अनुमान छ । कृषि ज्ञान केन्द्रसँगै स्थानीय तहले आलुखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेकाले आलुखेती विस्तार हुँदै गएको हो ।
“जिल्लामा आलुखेती गर्ने किसानलाई थप प्रोत्साहन गरी उत्पादन बढाउने उद्देश्यले कृषि ज्ञान केन्द्रमार्फत मध्यविन्दु र कावासोती नगरपालिका तथा हुप्सेकोट गाउँपालिकामा समुदायस्तरमा प्रशोधन आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ”,उनले भने,“कृषि ज्ञान केन्द्रले किसान समूहमा आलुखेती प्रवद्र्धन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।”
जिल्लाको कावासोती र मध्यविन्दु नगरपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रूपमा आलु उत्पादन गर्ने किसान र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी काफ्लेले बताए।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी, हुप्सेकोट र बौदीकाली गाउँपालिका, कावासोती,मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिकामा व्यावसायिक आलुखेती गर्ने गरिएको छ । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै काठमाडौँ पनि जाने गरेको छ ।
















अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया