सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने

राँझा (बाँके)। नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सहलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएको छ ।
कम्पनीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत पसल माघी पर्वलाई मध्यनजर गर्दै समय थप गरिएको शाखा कार्यालय नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए ।
उनका अनुसार सहुलियत बिक्री केन्द्रबाट हालसम्म एक सय ७३ क्विन्टल चामल बिक्री भएको छ । उक्त परिमाणमा चामल बिक्री गर्दा उपभोक्तालाई ८६ हजार छुट पाएका छन् ।
“कम्पनीले चाडपर्वलाई लक्षित गरी गत असोज ६ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो, अन्य बिक्री केन्द्रबाट चामलसहित दाल, नुन, तेल, चिनी, चियापत्ती, घिउ, जिरा, चिउरा, पिठोलगायतका २८ किसिमका खाद्य वस्तु बिक्री भएपनि नेपालगञ्जबाट चामल मात्र बिक्री भएको जनाइएको छ ।
नेपालगञ्ज बिक्री केन्द्रबाट चाडपर्व अवधिभर दुई सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको थियो ।













राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ
निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया