सोलुखुम्बुमा आगलागीबाट १ जनाको मृत्यु
मेरोन्यूज
२०८१ पुष २५ गते १०:४३

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वडासदस्य हरिाकाजी श्रेष्ठले जानकारी दिए।
उgका अनुसार बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो । खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए । बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको अनुमान गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिए।
घटनाबारे थप अनुसन्धानका लागि बिहान प्रमुख जिल्ला अधिकारी घिमिरे, प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे र चिकित्सकसहितको टोली घटनास्थल पुगेको छ । आगलागीबाट जलेर चिन्न नसक्ने अवस्थामा रहेका खालिङको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रजिअ घिमिरेले बताए।
सम्बन्धित
















काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
प्रतिक्रिया