बुधबार, पुष १६, २०८२

अमेरिकामा डढेलो: ६ जनाको मृत्यु, ५३ सय संरचना धाेस्त,

मेरोन्यूज २०८१ पुष २६ गते ८:३५

लस एन्जलस ।अमेरिकामा सल्किएको डढेलोमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ। लस एन्जलसमा लागेको डढेलोको मुस्लो अझ डरलाग्दो हुँदै जान सक्ने चेतावनी विज्ञले दिएका छन्।

केही समय अघि गरिएको पत्रकार सम्मेलनमा शुक्रबार र आउँदो मंगलबार अझ धेरै हुरी बतास र आगोको मुस्लोका कारण अझ भयावह अवस्था आउने चेतावनी दिइएको छ ।

५३ सय संरचना ध्वस्त भएका छन्। सो आगोका कारण विस्थापित हुनेको सङ्ख्या करिब दुई लाख ७९ हजार पुगेको छ।

अहिले आगो नियन्त्रणमा ल्याउनका लागि १५ सय २७ जना सक्रिय छन्।हेलिकप्टर र दमकलबाट समेत आगो निभाउने प्रयास जारी रहे पनि प्रभावकारी देखिएको छैन । आगो नियन्त्रणका लागि गरिएका प्रयास लगभग पूरै विफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आगो फैलिएपछि निभाउने पानीको समेत अभाव हुन थालेको बीबीसीले जनाएको छ । सरकारले स्थानीयबासीलाई पानी जोगाउन अपिल गरेको छ । विश्वकै शक्तिशाली मानिने अमेरिका क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो सामू निरीह सावित भएको छ ।

बीबीसीका अनुसार अमेरिकामा डढेलो भयानक हुनुका पछाडि मुख्य दुई कारण छन् । पहिलो सुख्खा मौसम र दोस्रो तीव्र गतिमा चलेको हावा रहेकाे बताएकाे छ ।

प्रतिक्रिया