सहजपुर–निगाली सडक स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अन्तिम चरणमा

गोदावरी (कैलाली)। कैलालीको चुरे गाउँपालिकामा झण्डै १५ किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढ्ने भएको छ । विश्व बैङ्कको ऋण सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाको सहजपुर–निगालीसम्म १४ दशमलव ८५ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो ।
प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम प्रादेशिक आयोजना व्यवस्थापन इकाइ धनगढीका प्रमुख जगतराज जोशीले सहजपुरदेखि गाउँपालिकाको केन्द्रसम्म सडक स्तरोन्नति हुने जानकारी दिए । सहजपुरदेखि चुरे गाउँपालिकाको केन्द्रसम्म साढे छ मिटर चौडाइ र त्यसपछि सिङ्गल लेन सडक कालोपत्र हुने उनले बताए । उक्त सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरी सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको आयोजना व्यवस्थापन इकाइ कार्यालय धनगढीले जनाएको छ ।
इकाइ प्रमुख जोशीले सडक क्षेत्रमा पर्ने रूख कटानका लागि आवश्यक प्रक्रिया सुरु गरिएको र सो काम सकिएपछि सडक स्तरोन्नतिको काम सुरु हुने बताए ।
यसैगरी, चुरे गाउँपालिका क्षेत्रभित्र ‘ट्र्याक’ खोलिएका कच्ची सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम भइरहेको छ । चौमाला–गर्भा दरबार, चौमाला–खैराला, सहजपुर–अलाडनिगाली, देउराली–मौरे सडकको ठेक्का सम्झौता भई स्तरोन्नतिको काम भइरहेको गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीले बताए ।
चुरे गाउँपालिकास्थित छवटै वडा गाउँपालिकाको केन्द्रसँग सडक सञ्जालले जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उनले बताए ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया