बुधबार, चैत ४, २०८२

दशौँ राष्ट्रिय योग दिवस मनाइयो

मेरोन्यूज २०८१ माघ १ गते १४:०३

अछाम। ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज यहाँ दशौँ राष्ट्रिय योग दिवस मनाइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालको अध्यक्षतामा मनाइएको योग दिवसमा पतञ्जलि योग समिति अछामका योग प्रशिक्षक जयबहादुर बोगटी, अछाम जिल्ला महिला योग प्रभारी गीता हमाल, महामन्त्री विशेश्वरप्रसाद ढुङ्गानाले योगका बारेमा जानकारी दिनाका साथै योग प्रशिक्षण दिएको थियो ।

प्रमुख जिल्ला अधिकारी लम्सालले योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने बताए । शारीरिक र मानसिक रुपले स्वस्थ रहन योग महत्वपूर्ण माध्यम भएको उनले उल्लेख गरे ।

योग दिवसमा उपस्थित सबैलाई जङ्गली तरुल, तिलको लड्डु र चाकु खुवाएर शुभकामना आदानप्रदान गरिएको जिल्ला आयुर्वेद केन्द्रका प्रमुख दीपकराज पन्तले जानकारी दिए । 

प्रतिक्रिया