माधव नेपालबाहेक समाजवादीका सबैलाई एमालेमा स्वागत छः शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट अलग्गिएर जीवनको सबैभन्दा ठुलो भुल गरेको बताएका छन् ।
माधव नेपालहरू एमालेबाट विभाजित हुँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा स्वागत गर्दै पोखरेलले माधव नेपाल एमालेमा फर्कन चाहे पनि एमालले नस्विकार्ने बताए ।
नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उनको भनाइ छ । त्यही दुर्घटनामा माधव नेपाल पनि परेको पोखरेलले स्पष्ट पारेका छन ।
नेताहरूले गराएको दुर्घटनालाई सच्याउने काम कार्यकर्ताले गर्ने पोखरेलले बताए । नेकपा एमाले फुटाएर माधव नेपाल, झालनाथ खनाल लगायतले गराएको दुर्घटना कार्यकर्ताले एमालेलाई साथ दिएर सच्याएका उनको भनाइ छ ।
सरकारले दल विभाजनको अध्यादेश ल्याउला र आफ्नो पार्टी सकिएला भन्ने चिन्ता माधव नेपाललाई भएको उनले जनाए । अध्यादेशले पार्टी सिद्धिने र बन्ने नभएको बताउँदै निर्वाचनको बेलामा कानुन नआए पनि नचल्ने पार्टी नेता कार्यकर्ताले छाड्ने पोखरेलले स्पष्ट पारे ‘त्यहाँ भविष्य छैन भन्ने ठानेपछि मानिसले अन्यत्र भविष्य खोज्ने गर्दछ’, उनले भने ।
इतिहासको भारी बोकेर यात्रा अघि बढ्न नसक्ने उनको भनाइ छ । राजनीतिक दलको लक्ष भविष्य प्रति केन्द्रित हुनुपर्नेमा पोखरेलले जोड दिए । ‘भविष्य के हो भने समाजवादी जनताबाट बिदा हुँदै छ, नेकपा एमाले जनताको लागि स्वीकार्य हुँदै छ’, उनले भने ।
एमाले भित्र लामो जीवन बिताएका र योगदान गरेका नेता कार्यकर्ताले आफ्नो भविष्य सुरक्षित गर्ने हो भने समाजवादीमा अलमलिन नहुने उनले जनाएका छन् । ‘खुल्ला हृदयले सम्मान स्वागत गर्ने हो भने पहिला माधव नेपाल आइपुग्नु हुन्छ,तर हामीले माधव नेपालको लागि ढोका खोलेका छैनौँ, उहाँले जुन गल्ती गर्नुभएको छ, त्यो गल्ती गरेबापत नेकपा एमाले उहाँलाई सम्मान गर्ने पक्षमा छैन’, उनले भने ।
देशका पक्षमा उभिएको कारण केपी ओली माथि आक्रमण भएको बताउँदै उनले त्यसैले आफू केपी ओलीको पक्षमा उभिएको प्रष्ट पारे । देशको पक्षमा उभिने नेताको पक्षमा नउभिने हो भने देश बरबाद हुने उनको भनाइ छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया