अनाधिकृत फिजियोथेरापी सेवा रोक्न नेपाल फिजियोथेरापी संघको आग्रह

काठमाडौँ । नेपाल फिजियोथेरापी संघ (नेप्टा)ले अनधिकृत फिजियोथेरापी सेवा रोक्न आग्रह गरेको छ । संघका अध्यक्ष समिद कतिला श्रेष्ठले बिरामीको उपचार जस्तो संवेदनशील विषयमा हेलचेक्र्यायी दण्डनीय मात्र नभई यसले बिरामीको स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताएका छन् ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै संघले घरमै स्वास्थ्यकर्मी पठाउने कम्पनी र केही स्वास्थ्य केन्द्रले फिजियोथेरापी सेवा प्रदान गर्ने क्रममा अनाधिकृत व्यक्तिबाट सेवा दिइरहेको सूचना संघलाई प्राप्त भएको जनाएको छ । संघका अनुसार अनधिकृत फिजियोथेरापी सेवाका गतिविधि नेपालका विभिन्न स्थानमा भइरहेको विषयमा धेरै उजुरीहरू प्राप्त भएका छन् ।
संघले यस्ता गैरकानुनी गतिविधिलाई रोक्न आवश्यक सबै कदम चाल्ने र सम्बन्धित निकायलाई रिपोर्ट गर्ने प्रक्रिया अघि बढाइसकेको अध्यक्ष श्रेष्ठले जानकारी गराए । संघले यस्ता गतिविधिको जानकारी भएमा नगरपालिका वा स्थानीय निकायको स्वास्थ्य शाखामा, नेपाल स्वास्थ्य व्यवसाय परिषद्, वा जिल्ला प्रशासन कार्यालयमा तुरुन्तै जानकारी गराउन आग्रहसमेत गरेको छ ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया