रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । सोमबारका लागि बैठक बोलाइएको कार्यबहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
रावलका अनुसार बैठक सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा राखिएको छ ।समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू र नयाँ नियमावलीहरु प्रस्तावका बारेमा छलफल गर्न रास्वपाले बैठक बोलाएको हो । बैठकमा संसदको हिउँदे अधिवेशन, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने विषय, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनको एजेन्डा पनि रहेको रावलको भनाइ छ ।
रास्वपाका सभापति रवि लामिछाने भने बैठकमा उपस्थित हुने नहुने अझै टुंगो लागिसकेको छैन । सहकारी ठगीको मुद्दामा रुपन्देही जिल्ला अदालतमा उनको थुनछेक बहस जारी छ । आज पनि उनी अदालतमा उपस्थित हुँदैछन् । आजै बहस सकेर रिहाइको आदेश भए उनी सोमबारको बैठकमा सहभागी हुनेछन् ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया