मंगलबार, चैत ३, २०८२

कैलालीमा आफ्नै भाइद्वारा दाइको हत्या

मेरोन्यूज २०८१ माघ १३ गते ११:२४

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-१७ मा आफ्नै भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

हिजाे बेलुकी साढे १२ बजेतिर ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैची प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

घाँटीमा कैची प्रहारबाट गम्भीर घाइते भएका उनकाे उपचारकै क्रममा मिसन अस्पताल धनगढीमा मृत्यु भएकाे हाे।

घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको खुलेको छ। भाइ प्रकाशलाई भने नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया