ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै शय्याको व्यवस्था

सिमकोट। हुम्ला जिल्ला अस्पतालमा ज्येष्ठ नागरिकको लागि उपचार सहजताका लागि छुट्टै शय्याको व्यवस्था गरिएको छ ।
जिल्ला अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकमा अन्य बिरामीसँगै उपचार हुँदा समस्या हुने भएकाले पनि उनीहरूको उपचारमा सहज होस् भनेर छुट्टै शय्याको व्यवस्था गरिएको सामाजिक सुरक्षा इकाइ शाखाका उजिर बोहराले बताए । उपचारका लागि आउने ज्येष्ठ नागरिकका लागि दुई शय्या र ज्येष्ठ नागरिकलाई न्यानोका लागि दुई हिटरको व्यवस्था गरेको बोहराले बताए ।
जिल्ला अस्पतालमा चार वर्षदेखि सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयबाट ज्येष्ठ नागरिक कार्यक्रम लागूहुँदै आएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतिक्षा भारतीले बताउ । माघदेखि अस्पतालमा भर्ना भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सो व्यवस्था गरिएको उनले बताए । उनका अनुसार ७५ वर्ष भन्दामाथिका सबै खाले ज्येष्ठ नागरिकलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निःशुल्क छ ।
त्यसैगरि ६५ देखि ७४ वर्षको ज्येष्ठ नागरिकलाई ७५ प्रतिशत छुट र ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक कार्यक्रमका लागि दश लाख बजेट केन्द्रबाट उपलब्ध हुँदै आएको छ ।

















इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया