टोकियोमा कविता सङ्ग्रह ‘देउता बनाउने कारखाना’को लोकार्पण

काठमाडौँ। जापानको राजधानी टोकियोमा कवि रबिन शर्माको कविता सङ्ग्रह ‘देउता बनाउने कारखाना’को लोकार्पण गरिएको छ । तीन सयभन्दा बढी नेपाली साहित्यप्रेमीहरुको उपस्थितिमा जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी क्षेत्रीलगायतले उक्त कृति लोकार्पण गरेको जनाइएको छ ।
राजदूत क्षेत्रीले कवि शर्माको प्रशंसा गर्दै कृति प्रकाशन गरी नेपाली भाषा र साहित्यमा योगदान दिएकामा धन्यवाद दिए । “यति ठूलो सङ्ख्याको उपस्थितिमा नेपाली साहित्यिक कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ, यो उपस्थितिले नेपाली साहित्यप्रतिको मोह देखाउँछ, आगामी दिनमा पनि साहित्य लेखनलाई निरन्ता दिन म कवि शर्मालाई आग्रह गर्दछु”, उनले भने ।
त्यस अवसरमा पूर्वसांसद सूर्य पाठक, पत्रकार राजु सुवेदी, साहित्यकार, समाजसेवी तथा जापानमा क्रियाशील प्रतिष्ठित नेपाली व्यक्तित्वहरुको उपस्थिति थियो । कवि शर्माले कवितावाचन गरेको थियो भने मूर्तिकार मञ्जुल मितेरीले पुस्तकमाथि चर्चा गरेको थियो । लोकर्पणका अवसरमा दुई सय ५० भन्दा बढी कृति बिक्री भएको जनाइएको छ ।













निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
खालिदा जियाकाे राजकीय विदाइ
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
पेरूमा पर्यटक बोकेको रेल दुर्घटना: एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
स्याङ्जामा पुरुषभन्दा महिला मतदाता धेरै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया