पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा बढ्दै विदेशी पर्यटक

गण्डकी । पर्यटकीय राजधानी पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा अघिल्लो वर्षको तुलनामा विदेशी पर्यटकको सङ्ख्या बढेको छ ।
सन् २०२३ मा सार्क राष्ट्रबाहेकका कुल १९ हजार एक सय १९ विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेकामा सन् २०२४ मा २२ हजार चार सय ७० ले अवलोकन गरेका छन् । सङ्ग्रहालयमा पर्वतीय पर्यटनका विविध पक्षलाई जीवन्त रुपमा चित्रण गर्ने किसिमका सामग्री राखिएको कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिए ।
उनका अनुसार सङ्ग्रहालयमा आउने पर्यटकमध्ये विदेशी पर्यटकका लागि प्रतिव्यक्ति सात सय ५० टिकट दस्तुर निर्धारण गरिएको छ । त्यस्तै, सार्क राष्ट्रका नागरिकका लागि तीन सय ५०, स्वदेशी अन्य सर्वसाधारणका लागि एक सय ५० र विद्यार्थीका लागि ८० टिकट दस्तुर निर्धारण गरिएको छ ।
सङ्ग्रहालयमा स्वदेशी एवं विदेशी पर्यटकको आगमन बढ्दो क्रममा रहेको उनले जानकारी दिए । सन् २०२४ मा स्वदेशी एवं विदेशी पर्यटक गरी कुल ९५ हजार आठ सय ६२ जनाले सङ्ग्रहालयको अवलोकन गरेको उनले जानकारी दिए । पोखरा आउने पर्यटकका लागि महत्वपूर्ण गन्तव्यका रुपमा सङ्ग्रहालय स्थापित बन्दै गएको उनले बताए ।
हिमाल र हिमाली जीवनका विभिन्न गतिविधिलाई नियाल्न सकिने सङ्ग्रहालयमा त्यस क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेशभूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्था आदिबारे जानकारी लिने व्यवस्था मिलाइएको छ ।

















सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
नेपाल–प्रज्ञा प्रतिष्ठानका ११ प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया