अमेरिका पठाइदिने भन्दै एक करोड ठग्ने कञ्चनपुरका कार्की पक्राउ
मेरोन्यूज
२०८१ माघ १६ गते ९:५४

काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का २५ वर्षीय भुवन कार्की रहेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार काठमाडौं-१२ बाट पक्राउ गरेको हो।
उनले बेरोजगार युवा-युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
उनले अहिलेसम्म एक करोड रुपैयाँ संकलन गरेको आचार्यले बताए। आकर्षक तलब-सुविधाको लोभ देखाएर रकम संकलनपछि कार्की सम्पर्कविहीन भए।
सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा उजुरी दिन पुगेका थिए। कार्कीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
सम्बन्धित

















ढोरपाटनका दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’मा उपचार जारी
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि करिब २०० अमेरिकी सैनिक घाइते
उपराष्ट्रपतिद्वारा शोक व्यक्त
हत्याको अभियोगमा पक्राउ
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया