सहिद पार्कको विकासमा सहयोग गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह

तनहुँ । तनहुँको व्यास नगरपालिका-८ पुलिमराङस्थित सहिद स्मारक कोष समितिले सहिद पार्कको विकासका लागि सहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेका छन् ।
सहिद दिवसको अवसरमा आज पुलिमराङ आइपुगेका राष्ट्रपति पौडेललाई ज्ञापन पत्र बुझाउँदै समितिले यस क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गरेको हो ।
बृहत् गुरुयोजनाअनुसार सहिद पार्कको सर्वांगीण विकासका लागि रु. १५ करोड बजेट आवश्यक पर्ने देखिएकाले बजेट विनियोजनका लागि पहल गरिदिँदै राष्ट्रपति पौडेलसमक्ष आग्रह गरिएको समितिका अध्यक्ष एकबहादुर गुरुङले जानकारी दिए ।
सहिद स्मारक पार्क तथा पुलिमराङको वर्तमान अवस्थाका बारेमा राष्ट्रपति पौडेल जानकार रहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले यस क्षेत्रको विकास निर्माणअन्तर्गत पक्की सडक, बिजुलीको स्तरीय व्यवस्थापन, पर्यटकीय सम्भावना, कृषि एवं आयआर्जनका विषयमा स्थानीयलाई देखिने गरी विकास निर्माणका लागि सरकारसँग सहयोग उपलब्ध गराउने सन्दर्भमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गरे ।
सहिद दिवसका अवसरमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न आजै पुलमराङस्थित सहिद पार्क आइपुगेका राष्ट्रपति पौडेललाई जिल्लास्थित कार्यालय तथा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता तथा कार्यकर्ता र स्थानीय जनताले स्वागत गरेका थिए ।
सो अवसरमा राष्ट्रपति पौडेलले पुलिमराङस्थित सहिद पार्कमा रहेका सहिदहरूको शालिकमा माल्यार्पण गरेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
तनहुँको सदरमुकाम दमौलीबाट उत्तरतर्फ करिब ४० किलोमिटर टाढा पुलिमराङस्थित सहिद पार्कमा भरत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्म ध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङको लहरै अर्धकदको प्रतिमा छन् । जहाँनिया राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा ज्यान गुमाएका उल्लिखित सहिदहरूको जन्म पुलिमराङमा भएको हो ।
यसै सन्दर्भमा सहिद स्मारक कोष समिति २०५१ सालमा स्थापना भएको र २०६६ सालमा छ जना सहिदको अर्धकदको सालिक राखिएको समितिले जनाएको छ ।
राष्ट्रपति पौडेल सहिद दिवससँग सम्बन्धित सो कार्यक्रम सम्पन्न भएपछि लमजुङको मध्य नेपाल नगरपालिका सोतीपसलस्थित मंगला माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहमा सरिक हुने हुने कार्यक्रम छ ।













आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया