शहीद परिवारलाई नगदसहित सम्मान

चितवन। चितवनको इच्छाकामना गाउँपालिकाले शहीद परिवारलाई नगदसहित सम्मान गरेको छ । शहीद दिवसका दिन बुधबार इच्छाकामना–२ स्थित हपनीमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका शहीदका परिवारलाई पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले उनीहरूलाई सम्मान गरेका हुन् । उनले. शहीदहरुका कारण देशमा परिवर्तन सम्भव भएको बताए ।गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले प्रतिपरिवार पाँच हजार रुपैयाँ प्रदान गरिएको बताउँदै आगामी दिनमा शहीद परिवारका आवश्यकतालाई पनि सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिकाले २०३४ सालको पञ्चायती शासनविरुद्धको जुगेडी काण्डका शहीद वडा नम्बर २ का दशरथ चेपाङ, सन्तबहादुर चेपाङ, चन्द्रबहादुर चेपाङका साथै माओवादी युद्धका क्रममा शहीद भएका वडा नम्बर २ का जीवन बुढाथोकी र वडा नम्बर ३ का चन्द्रबहादुर गुरुङ (दीपेश) को परिवारलाई सम्मान गरेको हो ।

















एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
नेपाल–प्रज्ञा प्रतिष्ठानका ११ प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीन वटै तहका सरकारले बजेट छुट्याउनुपर्ने
एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया