सतिघाट–दिङ्ला सडक : दुई आर्थिक वर्षमा २ किमी कालोपत्र

भोजपुर । वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य भएर वषौँबाट समस्या भोग्दै आएको सडक कालोपत्र भएपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकलाई सहजता भएको छ ।
बढीमा मात्रमा समस्या हुने सतिघाट–दिङ्ला करिव दुई किलोमिटर सडक कालोपत्र गरिएपछि स्थानीयलाई सहजता भएको हो । कोशी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय अन्तर्गत दुई किमी सडक कालोपत्र सम्पन्न भएको हो ।
यस आर्थिक वर्षमा दुई करोड २० लाख लागतमा दोश्रो खण्डको बाह्र सय मिटर सडक कालोपत्र सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । गत आर्थिक वर्षमा पहिलो खण्डको आठ सय मिटर कालोपत्र सम्पन्न गरिएको उनको भनाइ छ ।
दुई आर्थिक वर्षमा दुई किमी सडक निर्माण सम्पन्न भएको उनले जानकारी दिए । “सातिघाट–दिङ्ला सडक कालोपत्र गरिरहेका छौँ” प्रमुख रेड्डीले भने,“यो सडकमा बर्षेनी थोरै थोरै मात्र बजेट आउने गरेको छ । यो आर्थिक वर्षमा करिव बाह्र सय मिटर सडक कालोपत्र सम्पन्न भएको छ ।”
उत्तरी क्षेत्रको लागि निकै महत्वपूर्ण सडक भएपनि राज्यबाट कम मात्र बजेट विनियोजन हुँदा थोरै÷थोरै मात्र सडक कालोपत्र गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । राज्यले यस्ता महत्वपूर्ण सडकलाई बहुवर्षिय सडकमा राखेर प्राथमिकताका साथ बजेट विनियोजन गर्नु पर्ने उनले बताए । यो सडक खण्डको कुल लम्बाई बाह्र किलोमिटर रहेको उनको भनाइ छ ।
यहाँ प्रि मिक्स प्राविधिबाट सडक कालोपत्र गरिएको हो । सडक तोकिएको मापदण्ड अनुसार गुणस्तरियढंगले निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका सव–इन्जिनियर चन्द्र शेखर सिंहाले बताए । सडकमा लगाएको सामग्रीको ल्याव परिक्षण गरेर मात्र प्रयोगमा ल्याइएको उनको भनाइ छ ।
२०८० चैत महिनाबाट शुरु भएको सडक निर्माणको ११ महिनामा सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि नवीन यादवले बताए । सातिघाट–दिङ्ला सडक कालोपत्र भएपछि सहजता भएको स्थानीयबासीको भनाइ छ । भोजपुर र संखुवासभालाई जोड्ने सतिघाटमा पक्की पुलबन्न आवश्यक रहेको स्थानीयबासी नवीन कार्कीले बताए । राज्यको तहबाट यहाँ पक्की पुल निर्माण पहल भएदेखी स्थानीयबासीलाई थप सहजता हुने उनको भनाइ छ ।
यो प्रदेश सरकारको बजेटमा सडक कालोपत्र भएपछि आवतजावतमा सहजता भएको षडानन्द ६ का वडाध्यक्ष सुमन विसुन्केले बताए । सडक कालोपत्रले स्थानीयलाई सहज भएपनि अरुण नदीमा पक्की पुल नहुँदा भने समस्या रहेको उनको भनाइ छ ।

















नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
‘अफ्रिकन स्वाइन फिभर’का कारण १२० बीस बङ्गुर मरे
जनताले विश्वास गरेका छन्, काम गरेरै देखाऔं : उपसभापति वाग्ले
ढोरपाटनका दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’मा उपचार जारी
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया