टोकन प्रणाली लागू भएपछि सेवा प्रवाहमा सहजता

जलेश्वर। जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सेवा प्रवाहका लागि टोकन प्रणाली लागू भएपछि सहज रूपमा सेवा प्रवाह हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता बनाउने, नागरिकताको प्रतिलिपि लिने, राहदानी बनाउने, राष्ट्रिय परिचयपत्रलगायत कामकाज टोकन प्रणालीमार्फत सुरु भएपछि सेवा प्रवाह सहज भएको हो ।
पहिला पहिला जिल्ला प्रशासन कार्यालयमा आउँदा विभिन्न फाँटको ढोका र झ्यालमा घण्टौँ लाइन लाग्नुपर्ने, हल्ला र विभिन्न विवादले पालो आउनै गाह्रो हुने गरेकामा टोकन प्रणाली लागू भएपछि सेवा प्रवाह सहज रूपमा भइरहेको जलेश्वर नगरपालिका –१ बस्ने राजकिशोर रामले बताए ।
छोरीको नागरिकता बनाउन आएका उनले आफ्नो पालोका लागि टोकन लिएर आरामले कुर्न पाइने हुँदा सेवाग्राही र सेवा प्रदायक दुवैलाई सहज भएको उनको बुझाइ छ । लामो लाइन, हो हल्ला र सेवाग्राहीको घुइँचोका कारण तीन दिन काम गराउन नसकेर घर फर्किएका लोहारपट्टी नगरपालिका–३ का साबिर राईनले आज बिना कुनै झण्झट नागरिकता बनाउन टोकन लिएर पालो कुरेको भन्दै सहज रूपमा काम भएको बताए ।
राजकिशोर र साबिर जस्तै आज सयौंँ सेवाग्राहीले आ–आफ्नो कामका लागि टोकन लिएर पालैपालो काम गर्न पाएपछि सहज भएको प्रतिक्रिया दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा बर्दिबास नगरपालिकाको सहयोगमा गत गत मङ्गलबार टोकन उपकरण जडान गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हाद क्षेत्रीले सोही दिन ‘टोकन उपकरण’को संयुक्त रूपमा उद्घाटन गरेपछि आज टोकन प्रणालीमार्फत सेवा प्रवाह सुरु भएको हो ।
दिनानुदिन बढ्दै गएको सेवाग्राहीको घुइँचोले सेवाग्राहीलाई सेवा प्राप्त गर्न कठिनाइ भइरहेको, भीडभाड नियन्त्रण भन्दा बाहिर गएर हो–हल्ला हुने र कहिलेकाहीँ बिचौलिया समेतले सेवाग्राहीलाई ठगी गर्ने घटना बढ्दै गएपछि टोकन प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी कवारीले बताए ।
योसँगै जिल्ला प्रशासन कार्यालयमा जिल्लाभरिका सेवाग्राही आउँदा भीडभाड हुने, बिचौलिया हाबी हुने र एउटै कामका लागि दुई–चार दिन कुर्नुपर्ने समस्या अन्त्य भएको उनको भनाइ छ । बर्दिबास नगरपालिकाका प्रमुख क्षेत्रीले टोकन प्रणालीमार्फत सेवा सुरु भएपछि जस्तोसुकै भीडभाडमा पनि सेवाग्राहीले पालैपालो सेवा पाउने, अनावश्यक रूपमा लाइनमा बस्नु नपर्ने र कर्मचारीले पनि सहज रूपमा सेवा दिन सक्ने बताए ।
जिल्ला प्रशासन कार्यालयबाट दैनिक औसतमा ७५ नागरिकता, ५० राहदानी र दुई सय राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा दिने सेवाग्राही आउने गरेका कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानले जानकारी दिए ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया