नवलपरासीमा बस र हायस ठोक्किँदा एकजनाको मृत्यु, नौ घाइते
मेरोन्यूज
२०८१ माघ १९ गते १६:२८

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवास जंगल क्षेत्रमा बस र ईभी हायस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । नौजना घाइते छन् ।
विनयी त्रिवेणी गाउँपालिका–१, दुम्कीवासस्थित डिभिजन वन कार्यालयनजिकै यात्रुवाहक बस र ईभी हायस एकापसमा ठोक्किँदा भारतको पश्चिम बंगाल राज्यको मिधिनिपुरका ४० वर्षीय शंकरको मृत्यु भएको हो । हायसमा सवार नौजना घाइते रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
काठमाडौंबाट दाङ जाँदै गरेको रा१ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौं जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको ईभी हायस एकापसमा ठोक्किएका हुन् । हायसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित














नवलपरासीपूर्वमा‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न आधिकारिक निकायकाे अनुरोध
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया