शुक्रबार, वैशाख १२, २०८२

पाथीभरामा केवलकार निर्माण कार्य राेक्न माग

मेरोन्यूज २०८१ माघ १९ गते १७:३१

काठमाडौं । ताप्लेजुङबाट काठमाडौं आई बसेका र विभिन्न पेशातथाव्यवसायमा आवद्ध रहेकाहरुले मुक्कुम्लुङ पाथीभरा सम्पदा संरक्षण संघर्ष समिति गठन गरेका छन्।

पछिल्लो समय पाथीभरामा केवलकार निर्माण रोक्नको लागिअभियन्ताहरुले आन्दोलनजारी राखेका छन्।

सो क्रममा भएको आन्दोलनका क्रममा गोली चल्दा केहि आन्दोलनकारी घाइते समेत भएका छन् । घाईतेहरुको काठमाडौं त्रि.वि. शिक्षण अस्पतालमा उपचार भैरहेको छ। यो संघर्ष समितिभने शुक्रबार गठन गरिएको पत्रकार विश्वलिम्बुले जानकारी दिए। 

आज (शनिबार) संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरेर पाथीभराको महिमाबारे प्रकाशपार्दै सम्पदामास्ने कार्य स्विकार्य नभएको बताएको हो।

संघर्ष समितिका काठमाडौंका संयोजक नेपाली सेनाकाअवकाशप्राप्त उपरथी अनन्तबहादुर थेबेले पाथीभरा (मुक्कुम्लुङ) किराँत, हिन्दू र बौद्धमार्गीहरुको साझाधार्मिकस्थल रहेको बताएका छन्। 

प्रतिक्रिया