डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार

डोल्पा । सालनाल अड्केर गम्भीर अवस्थामा पुगेकी सुत्केरीको राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरिएको छ ।
ठूलीभेरी नगरपालिका-१० रह गाउँकी १९ वर्षीया जुना विकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो । यही माघ १८ गते आफ्नै घरमा सुत्केरी भई सालनाल ननिस्केर पाठेघरको मुख बन्द भई गम्भीर अवस्थामा पुगेकी विकलाई आज बिहान जिल्ला अस्पताल डोल्पामा पुर्याइएको थियो । गम्भीर अवस्थामा आज अस्पताल आएकी विकको अत्यधिक रक्तस्राव भएपछि जिल्ला अस्पताल दुनैले रगत चढाएर अस्पतालको समन्वयमा राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरेको जिल्ला अस्पतालका चिकित्सा शाखा प्रमुख डा. अखण्ड उपाध्यायले जानकारी दिए ।
ठूलीभेरी-१० रह गाउँ जिल्ला अस्पतालको नजिकको दूरीमा पर्ने गाउँ भए पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउनुपर्छ भन्ने चेतनाको कमी हुँदा महिलाको अकालमा ज्यान जाने जोखिम रहेको उनले बताए ।
गर्भवतीले नियमित स्वास्थ्य परीक्षण नगराउने, घरमा सुत्केरी गराउने र अन्तिम अवस्थामा मात्र अस्पतालमा ल्याउने प्रवृत्तिले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको डा. उपाध्यायले उल्लेख गरे । बालविवाह, सानै उमेरमा गर्भवती हुने, उचित पोषणको कमीलगायत कारणले पनि महिलाको स्वास्थ्य अवस्था कमजोर हुने उनको भनाइ छ ।















नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण
Storm induced disasters kill two, injuring six others in Udayapur
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
National Park provides relief to farmers affected by wild animals
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया