बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

जानकी (बाँके)। जिल्लामा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका छन् । यो वर्ष गरिएको चरा गणनाको नतिजा अनुसार उक्त सङ्ख्यामा जलचर चरा भेटिएका हुन् ।
राप्तिसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ति नदीबाट सुरु गरिएको गणना तथा सर्वेक्षणमा थप ३२ प्रजातिका चरा भेटिएका चरा संरक्षणकर्मी आशिष चौधरीले जानकारी दिए । “जिल्लास्थित राप्ती नदीको कुसुमबाट अगैया क्षेत्र र विभिन्न ताल एवं नदीमा जलचर चराको गणना तथा सर्वेक्षण गर्दा यो वर्ष ३२ प्रजातिका थप चरा भेटिएका हुन्”, उनले भने, “अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ चराको सङ्ख्या बढेको छ ।”
चौधरीले कान्तितालमा हिउँदे आगन्तुक पानी चरा २० प्रजाति र जिल्लाभरि ३२ प्रजातिका भेटिएका जानकारी दिए । जलचरा संरक्षणका लागि सिमसार नदीनालाको संरक्षण र अन्य पूर्वाधार व्यवस्थापन प्रभावकारी बनाउन सके चराको सङ्ख्या थप वृद्धि हुने उनको भनाइ छ ।
चराविद् राम शाहीले पानी चराको बासस्थान र संरक्षणको अवस्थाका बारेमा विस्तृतमा सूचना तथा जानकारी प्राप्त हुने भएकाले चरा गणना गरिएको बताए । उनले बाँकेको राप्तीनदी तटिय क्षेत्र, सुतैया ताल, कान्तितालमा सिलसिले हाँस र जल कौवासँगै अन्य वकुला प्रजातिका चराका लागि बासस्थान सुरक्षित रहेको जानकारी दिए ।
“जलमा बस्ने चरा प्रजाति सुरक्षित तब हुन्छन् जब उनीहरूले बास गर्ने जलाशय सफा र स्वच्छ हुन्छ”, शाहीले भने, “यो वर्ष अघिल्लो वर्षको तुलनामा तालतलैया सफा भएकाले सिलसिले हाँस र जल कौवाको सङ्ख्या बढेको हो ।” ती चखेवासहित साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा रहेका उनले जानकारी दिए ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले जलचर चराहरूको गणनाबाट यो वर्ष थप ३२ चरा प्रजातिका चराको सङ्ख्यामा वृद्धि भएको बताए । चराको मुख्य बासस्थानका रूपमा रहेको राप्तीनदी र कान्तिताललगायत जलाशय क्षेत्रमा मानवीय गतिविधि र प्रदूषण रोकथान गरेसँगै सङ्ख्या वृद्धि भएको उनको भनाइ छ । कान्तिताल महत्वपूर्ण सिमसार भएको बताउँदै चरा संरक्षण क्षेत्रका रूपमा यसलाई विकसित गर्नुपर्नेमा उनले जोड दिए ।
बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले यो वर्षको हिँउदे मौसममा गरिएको चरा गणना र सर्वेक्षणमा नयाँ र चाख लाग्दा चरा भेटिएका बताए । उनले राप्तीनदीको आसपास क्षेत्र, स्थानीय वन, कान्तिताल र सुतैया तालमा आगामी वर्ष चराको सङ्ख्या वृद्धि गर्न उनीहरूको बासस्थानलाई सफा र सुरक्षित राख्न विशेष योजना बनाइने जानकारी दिए ।
बर्सेनि हुने सर्वेक्षण तथा गणनाबाट चराको बासस्थान व्यवस्थापनका लागि अपनाउनुपर्ने उपायका बारेमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । बर्दियामा पनि चराको सर्वेक्षण तथा गणना सकिएको छ । रैथाने चराको गरणा हुन बाँकी रहेको चरा संरक्षणकर्मी चौधरीले बताए ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया