सामुदायिक वनको दोहन रोक्न अनुसन्धान सुरु

सिरहा । सडक निमार्णका लागि आवश्यक कच्चा सामग्री नियम विपरीत चुरे क्षेत्रका सामुदायिक वनबाट उत्खनन गरिरहेको गुनासो बढ्न थालेपछि डिभिजन वन कार्यालयले यससम्बन्धी अनुसन्धान सुरु गरेको छ ।
गोलबजार नगरपालिका–१० स्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा माटो तथा ‘ग्राभेल’ उत्खनन गरी बिक्री गरेको विषयमा स्थानीयले केही दिनअघि विरोध गरेका थिए । स्थानीय भीमबहादुर थापासहित २६ जनाले प्राकृतिक स्रोत र साधनको अवैध दोहन भइरहेको भन्दै कारबाहीको माग गरी वडा कार्यालयमा निवेदन दिएको थियो ।
सोही आधारमा वडाले पनि वन कार्यालयसहितका निकायलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो । डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रले आफूहरुले जानकारी पाउनासाथ अनुसन्धान सुरु गरेको बताए । उनले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेकाले यस क्रममा दोषी देखिएका जो कसैलाई पनि कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “नियम विपरीत उत्खनन प्रक्रियामा संलग्न जो सुकै पनि कारबाहीको दायरामा आउँछन्, चाहे त्यो वन उपभोक्ता समितिका पदाधिकारी हुन् वा निर्माण व्यवसायीका प्रतिनिधि हुन्, चाहे जनप्रतिनिधि नै किन नहुन् ? हामीले अनुसन्धान सुरु गरिसकेका छौँ, दोषी देखिने सबै कारबाहीको दायरामा आउँछ ।”
गोलबजार–७ चोहर्वा बजारदेखि वडा नं १० धरमपुरको घुर्मीघाटसम्म बाटो निर्माण गरिरहेका कम्पनीलाई वन फँडानी गरेर माटो तथा ग्राभेल बिक्री गर्दै आएको स्थानीय थापाको भनाइ छ । रातको समयमा वनभित्रै स्काभेटर लगेर सखुवा (साल)को रूख ढाल्दै ग्राभेल उत्खनन गरी टिपरमा ओसार्ने गरिएको उनले बताए । उनले भने, “उत्खननका क्रममा ढलेको सालका रूख पनि टिपरमा ‘लोड’गरी स्थानीय काष्ठ उद्योगमा बिक्री हुने गरेको छ ।”
पछिल्लो समय सिरहामा राष्ट्रिय गौरवका योजनाका नाममा राष्ट्रिय वन, सामुदायिक वन, खोला तथा निजी आवादी जग्गाबाट अवैध रुपमा ग्राभेल उत्खनन गरी सडक निर्माण हुने क्रम बढ्दो मात्रामा रहेको स्थानीयको भनाइ छ ।













काठमाडौंमा यसरी मनाइयाे तमु ल्होसार (तस्बिरहरू)
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
भक्तपुरमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
रास्वपाकाे समानुपातिक सूचीमा कलाकारदेखि क्रिकेटरसम्म (सूची)
राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया