स्वयम्भूमा मञ्जुश्रीको दर्शन तथा सरस्वतीको पूजा गर्ने भक्तजनको घुइँचो

काठमाडौँ । विद्याकी देवी सरस्वतीको पूजाअर्चना गर्न स्वयम्भूमा आज मेला लागेको छ । हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन मञ्जुश्रीको पूजा गर्न यहाँ विशेष मेला लागेको हो ।
काठमाडौँ महानगरपालिका-१५ मा अवस्थित स्वयम्भू विश्व सम्पदा सूचीमा सूचीकृत छ । स्वयम्भूसहित आसपासका सम्पदाको अवलोकन गरी भक्तजनले विधिपूर्वक चैत्यको पूजाआजा गरेका हुन् ।
भक्तजनहरूले सरस्वतीको मूर्तिको पूजाअर्चना गरेका छन् । विशेष गरी साना साना बालबालिकालाई उनीहरूको अभिभावकले दर्शनका निम्ति मन्दिर लगेका थिए ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका सचिव चन्द्र रत्न बुद्धाचार्यका अनुसार सरस्वतीको पूजा तथा नजिक भित्तामा बालबालिकालाई लेख्न पनि लगाइएको छ । यसो गर्दा राम्रो लेख्न र पढ्न सक्छन् भन्ने विश्वास छ ।
आजैकै दिन बालबालिकालाई अक्षरारम्भ गराइन्छ । वसन्त पञ्चमीको दिन मञ्जुश्रीको दर्शन तथा पूजाआजा गरेमा बच्चा ज्ञानी हुन्छ भन्ने मान्यता छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि बढ्ने तथा चेतनाको ज्योति पाइन्छ भन्ने विश्वास छ ।
विशेष गरी विभिन्न धार्मिक गतिविधि गरिने उक्त स्थलमा हीनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्ने जानकारी दिँदै उनले बौद्ध साहित्य एवं दर्शनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सकारात्मक सन्देश प्रवाह गर्न सकेमा धार्मिक पर्यटनमा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।















Storm induced disasters kill two, injuring six others in Udayapur
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
National Park provides relief to farmers affected by wild animals
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया