बेलायती राजकुमार काठमाडौंमा
मेरोन्यूज
२०८१ माघ २२ गते १४:५९

काठमाडौं । बेलायती राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन् । उनी ६ दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् ।
राजकुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।
राजकुमार एडवार्डकी श्रीमती एडिनबर्गकी डचेस सोफी पनि मंगलबार बिहान काठमाडौं आइसकेकी छन्।
उनीहरूको निजी भ्रमणमा नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन्। उनीहरूलाई ‘ख श्रेणी’को सुरक्षा व्यवस्था मिलाइएको छ।
नेपाल भ्रमणका क्रममा उनीहरू पोखराको ब्रिटिश गोर्खा क्याम्पमा हालै बेलायती सेनामा छनोट भएकाहरूलाई ब्याज वितरणका लागि गरिने परेडमा सहभागी हुनेछन् । साथै, अन्नपूर्ण हिमश्रृङ्खला र घान्द्रुकको समेत भ्रमण गर्नेछन् ।
सम्बन्धित
प्रतिक्रिया