सोमबार, चैत २, २०८२

झापामा प्रहरीले चलायो गोली, एकजना घाइते

मेरोन्यूज २०८१ माघ २२ गते १८:५८

काठमाडौं । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले झापामा गोली चलाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

कनकाई नगरपालिका-४ तुलसीबारीमा मंगलबार साँझ प्रहरीले भारतीय नागरिकमाथि गोली चलाएको हो।

गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते भएका छन्। उनको घुँडामा गोली लागेको झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए।

उनका भाइ युसुफ आलमलाई प्रहरीले पक्राउ गरेको छ। गोली लागेका अञ्जरलाई उपचारको लागि अस्पताल लगिएको छ।

‘लागुऔषध कारोबारी रहेको सूचनाका आधारमा प्रहरी जाँदा आक्रमण हुन खोजेपछि जवाफी कारबाही गर्दा गोली लागेको हो,’ केसीले भने।

यसक्रममा प्रहरीले आलमद्वयको साथबाट ३२ ग्राम ब्राउनसुगर बरामद गरेको छ। उनीहरू भारतबाट ब्राउनसुगर बोकेर नेपाल आएका थिए।

प्रतिक्रिया