चलचित्र विकास बोर्डले गर्यो विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

काठमाडौँ। चलचित्र विकास बोर्डले १६ जना विद्यार्थीलाई चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । माध्यमिक तहमा १, स्नातक तह पहिलो वर्षको लागि १२ जना, विद्यावारिधीको लागि १ र दर्शनाचार्यको लागि एक जनालाई छात्रवृत्ति प्रदान गरिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए ।
उनले भने, “चलचित्र अध्ययन, अनुसन्धान एवं विद्धत वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने गरेका छौँ । यसवर्षबाट माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थिले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।” उनले छात्रवृत्ति बापतको रकम सम्बन्धित कलेजलाई हस्तान्तरण गरिएको बताए ।
माध्यमिक र स्नातक तहका विद्यार्थीको छात्रवृत्ति अस्कर कलेजका संयोजक नवनिधि दाहाल र फिल्म क्याम्पस तथा सङ्गीत विद्यालयका प्रधानाध्यापक शिशिर उप्रेतीलाई हस्तान्तरण रकम हस्तान्तरण गरियो ।
बोर्डका अनुसार माध्यमिक तहको लागि रू १५ हजार, दर्शनाचार्य, विद्यावारिधी र स्नातक तह पहिलो वर्षको लागि ५० हजार छात्रवृतिका लागि उपलब्ध गराईएको छ ।













रवि, बालेन र कुलमानबीच के के सहमति भए ?
गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?
आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
प्रतिक्रिया