मुख्यमन्त्री सिंहले मध्यरातमा मुस्कान अस्पताल अनुगमन गर्दै बन्द गर्न दिए निर्देशन

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले कानुनी प्रक्रिया पूरा नगरी जनकपुर पिडारी चौकस्थित सञ्चालनमा रहेको मुस्कान अस्पताल बन्द गर्न निर्देशन दिएका छन्।
शुक्रबार राति ११ बजे मुस्कान अस्पतालमा पुगेका मुख्यमन्त्री सिंहले दर्ता, अनुमति लगायतको कागजात अस्पताल सञ्चालकसँग माग गरेका थिए। सो क्रममा सम्बन्धित निकायमा दर्ता नै नगरी अस्पताल सञ्चालन भइरहेको देखिए पछि मुख्यमन्त्री सिंहले शनिबार आज बिहानसम्म त्यहाँ भर्ना रहेका बिरामीलाई अर्को अस्पतालमा व्यवस्थापन गरी अस्पताल बन्द गरेर साँचो आफुलाई बुझाउन निर्देशन दिएर फर्केका थिए।
‘यो अस्पताल विधिवत प्रक्रिया पुरा गरेको देखिएन’ मुख्यमन्त्री सिंहले सञ्चालकलाई भने, ‘शनिवार बिहानसम्म आफैले बन्द गरी साँचो मलाई जिम्मा लगाउनुस् । नभए मेरो टोली आउँछ र सबै सामान उठाएर लान्छ ।’
कानूनी प्रक्रिया पूरा गरी संचालित स्वास्थ्य संस्थालाई व्यवस्थित गर्दै अवैधानिक अस्पतालहरु बन्द गराउने जिम्मेवारी प्रदेश स्वास्थ्य मन्त्रीको हो । तर, मन्त्रीले स्वास्थ संस्था बारे चासो नदेखाएपछि मुख्यमन्त्री सिंहले अग्रसरता लिएका हुन् ।
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले स्वास्थ संस्थाको अनुगमन अभियान सुरु गरेका थिए। तर, मधेश प्रदेशमा उनको स्थानमा स्वास्थ मन्त्रीको जिम्मेदारी शत्रुधन सिंह कोइरीले पाएदेखि स्वास्थ संस्थाको अनुगमन निरीक्षण रोकिएको छ ।
प्रदेशको राजधानी जनकपुर देखी आठै जिल्लामा प्रक्रिया पूरा नगरेको अवैध अस्पतालहरु छ्याप्छ्याप्ती सञ्चालनमा रहेको तथा उपचारको नाउँमा बिरामीहरुलाई लाखौँ ठगिरहेको गुनासो आउन थालेपछि मुख्यमन्त्री सतिश कुमार सिंह आफै अग्रसर भएर मध्यरात अनुगमन सुरु गरेका हुन ।


















भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया