प्रज्ञापनपत्र नभएको ३३ लाख भन्दा बढिको लत्ताकपडासहित चालक नियन्त्रणमा
मेरोन्यूज
२०८१ माघ २७ गते १९:३८

सर्लाही । सशस्त्र प्रहरीले सर्लाही जिल्लाको मलंगवा नगरपालिका–४ स्थित शिवसागर चोकबाट यहि माघ २५ गते राती ३३ लाख ३२ हजार ५ सय रुपैयाँको लत्ताकपडा र भ्यानसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण सर्लाही र प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाले बा ८ च ८०१६ नम्बरको म्याजिक भ्यानलाई शंका लागि जाँच गर्दा विलविजक र प्रज्ञापन पत्र नभएको २५ लाख ३२ हजार ५ सय रुपैयाँको २ सय ४० पिस साडी र सिआरईपी कपडासहित गाडी नियन्त्रणमा लिएको हो ।
गाडी चालक बारा जिल्लाको पचरौता नगरपालिका–९ बेलवारी बस्ने ३७ बर्षिय लखिन्द्र राउत कुर्मीलाई समेत नियन्त्रणमा लिईएको छ ।
नियन्त्रणमा लिईएका राउतलाई गाडी र कपडासहित आवश्यक कारवाहीको लागि माघ २७ गते सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
सम्बन्धित
















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया