सोमबार, वैशाख ७, २०८३

आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टरको सेवा विस्तार

मेरोन्यूज २०८१ माघ २७ गते २०:४७

काठमाडौँ । काठमाडौंको तिलगङ्गास्थित ‘आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टर’ले सेवा विस्तार गरेको छ । ५ वर्षअघि मनोसामाजिक समस्या भएकाहरूका लागि काउन्सिलिङ तथा साइकोथेरापी सेवा सुरु गरेको अस्पतालले १५ शय्याको मानसिक अस्पतालका रूपमा सेवा विस्तार गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका–८ का वडाअध्यक्ष आशामान सङ्गतले अस्पतालको सेवा विस्तारका लागि शुभकामना दिए।

मानसिक स्वास्थ्यको उपचार, परामर्श, थेरापी र व्यायाम लगायतको विषयमा केन्द्रीत भई खुलेको यो अस्पातलले मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउन पनि महत्वपूर्ण भूमिका खेलको उनले बताए।

महिला मात्रै मिलेर खोलेको अस्पताललाई साथ, सहयोग गर्ने वडाअध्यक्ष सङ्गत प्रतिवद्धता जनाए ।

अस्पतालकी अध्यक्ष डा. रचना शर्मा बस्नेतले अस्पतालले प्रिभेन्सन, ट्रिटमेन्ट र रिह्याविलिटेसन जस्ता सबै क्षेत्रमा काम गरिरहेको जानकारी दिइन् । अस्पतालले उपचारमा ‘होलिस्टिक एप्रोच’ मेडिसिन, थेरापी काउन्सिलिङसँगै लगिएको उनले बताइन्।

आत्मन अस्पतालकी कार्यकारी निर्देशक साधना थापाले मानसिक स्वास्थ्यको प्रवर्द्धन तथा उपचार क्षेत्रमा सेवा दिने उद्देश्यले २०१९ मा काउन्सिलिङ र साइकोथेरापीबाट सेवा सुरु गरी समग्र मानसिक स्वास्थ्य सेवाको रूपमा विकास गरिएको बताइन् ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की, काठमाडौं विश्वविद्यालयका सहायक डीन डा. दीपक कुँवर, त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रमुख डा. सरोज ओझा तथा विश्व स्वास्थ्य संगठनका मानसिक रोष विशेषज्ञ डा. केदार मरहट्ठाले सेवा विस्तार गरेकोमा शुभकामना दिएका थिए ।

प्रतिक्रिया