शुक्रबार, वैशाख १२, २०८२

उमेर नपुग्दै आमा

'बिहेवारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा चुनौती

मेरोन्यूज २०८१ माघ २८ गते २१:५९

गलकोट । ‘बिहेवारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा चुनौती देखिएको छ । कानुनले २० वर्षअगावै बिहे गर्न वर्जित गरेपनि दुर्गम गाउँमा अझै बालविवाह व्याप्त छ । यहाँको निसीखोला गाउँपालिकाभित्र २० वर्ष नपुग्दै आमा हुनेको सङ्ख्या अधिक छ ।

निसीखोला गाउँपालिकामा एक वर्षमै २० वर्षमुनिका ५८ जना आमा बनेका छन् । गाउँपालिकाका अनुसार गत आर्थिक वर्षमा सुत्केरी भएका २१३ मध्ये ५८ जना २० वर्षभन्दामुनि सुत्केरी भएका हुन् । त्यसैगरी चालु आवमा १८ जना २० वर्षमुनिका सुत्केरी भएको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख छ ।

अझै पनि चेतनाको अभावमा दुर्गम गाउँमा बालविवाह व्याप्त रहेको निसीखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरले बताइन् । यहाँको दुर्गम गाउँ चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोरजस्ता गाउँमा ५० प्रतिशत गर्भवती घरमै सुत्केरी हुने गरेका छन् ।

प्रतिक्रिया