उमेर नपुग्दै आमा
'बिहेवारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा चुनौती

गलकोट । ‘बिहेवारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा चुनौती देखिएको छ । कानुनले २० वर्षअगावै बिहे गर्न वर्जित गरेपनि दुर्गम गाउँमा अझै बालविवाह व्याप्त छ । यहाँको निसीखोला गाउँपालिकाभित्र २० वर्ष नपुग्दै आमा हुनेको सङ्ख्या अधिक छ ।
निसीखोला गाउँपालिकामा एक वर्षमै २० वर्षमुनिका ५८ जना आमा बनेका छन् । गाउँपालिकाका अनुसार गत आर्थिक वर्षमा सुत्केरी भएका २१३ मध्ये ५८ जना २० वर्षभन्दामुनि सुत्केरी भएका हुन् । त्यसैगरी चालु आवमा १८ जना २० वर्षमुनिका सुत्केरी भएको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख छ ।
अझै पनि चेतनाको अभावमा दुर्गम गाउँमा बालविवाह व्याप्त रहेको निसीखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरले बताइन् । यहाँको दुर्गम गाउँ चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोरजस्ता गाउँमा ५० प्रतिशत गर्भवती घरमै सुत्केरी हुने गरेका छन् ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया