नायिका भट्ट र कँडेलले गरे इन्गेजमेन्ट
मेरोन्यूज
२०७८ वैशाख १५ गते १२:२७
काठमाडौँ । नायिका सुपुष्पा भट्ट र उनका प्रेमी रौनक विक्रम कँडेलले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले पारिवारिक समारोहमा इन्गेजमेन्ट गरेका हुन् ।
उनीहरुले वैशाख १७ गते इन्गेजमेन्ट गर्ने तयारी गरेका भए पनि काठमाडौँमा भोलिबाट निषेधाज्ञ हुने भएकाले २ दिन अगाडि नै इन्गेजमेन्ट गरेका जनाइएको छ । सुपुष्पा र रौनक विगत ६ महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।
यो जोडीले आफ्नो प्रेमलाई वैवाहिक जीवनमा परिणत गर्ने तयारी गरेको छ । नायिका सुपुष्पा भट्टले चलचित्र ‘रणवीर’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । त्यसपछि उनले ‘छ माया छपक्कै र चपली हाइट ३’ मा काम गरेकी थिइन् । यस्तै, कँडेलले ‘कबड्डी’ चलचित्र निर्माण गरेका छन् । उनीहरुको विवाह मिति भने तय भएको छैन ।
सम्बन्धित

















वन मन्त्रीका सय दिनः नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि
बाजुरामा स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा
Gold, silver prices slide
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया