प्रचण्ड पत्नी सीता फेरि अस्पताल भर्ना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाल फेरि अस्पताल भर्ना भएकी छिन् । उनलाई नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
मंगलवार विहान साढे १० बजे उनलाई अध्यक्ष प्रचण्ड सहित अस्पताल पुगेर ओपिडिको ६०४ नम्वरको वेडमा उपचारका लागि भर्ना गरिएको हो ।
उनलाई सोमबार पनि उक्त असपतालमै लगेर स्वास्थ्य परिक्षण गराइएको छोरी गंगा दाहालले वताइन् । उनले भनिन्, – आमालाई २ दिन देखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ । अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ।’
सीताको शरीरमा सोडियमको मात्रा कम पाइएपछि अस्पताल भर्ना गरिएको थियो । यद्यपी, उनको अहिले स्वास्थ्य अवस्थामा सुधार देखिएको छ ।
लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) ’ बाट सीता पीडित हुँदै आएकी थिइन् ।
मंगलवार अस्पताल भर्ना गरिएपछि उनलाई मंगलवार साझ नै प्रचण्ड पार्टी स्थायी समितिको बैठक सकेर अस्पताल पुगी भेट गरेका थिए । आजै विहान पनि प्रचण्डले पत्नी सीताको स्वास्थ्य अवस्था अस्पतालमा पुगेर वुझेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
केही समय अगाडी मात्रै पनि उनको दिल्लीमा उपचार गराईएको थियो ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया