रुपन्देहीमा आमाको हत्या गर्ने छोरा पक्राउ
मेरोन्यूज
२०८१ फागुन १ गते २१:५३

काठमाडौं । रुपन्देहीमा आमाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको कञ्चन गाउँपालिका–१ सुन्दर टोलकी ४५ वर्षीया आमा पार्वती परियारको हत्या आरोपमा २० वर्षीय छोरा सरोज परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बुधबार राति करिब १ बजेको समयमा सरोजले आमा पार्वतीको हात र अनुहारमा हँसिया प्रहार गरेका थिए ।
घटना लगत्तै छोरा सरोजलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया