दशौँ राष्ट्रिय खेलकुद छनोटः कैलाली शीर्षस्थानमा

कैलाली । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा कैलाली शीर्षस्थानमा पुगेको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगिताअन्तर्गत हालसम्म नतिजा आएका खेलहरूमा कैलाली प्रथम स्थानमा रहेको छ ।
हालसम्म सम्पन्न छनोट प्रतियोगितामा एक सय ७२ स्वर्ण, एक सय ४१ रजत र एक सय ५५ कास्य गरी चार सय ६८ पदकको टुङ्गो लागेको छ । छनोट प्रतियोगितामा कैलालीले सबैभन्दा बढी एक सय ४२ पदक प्राप्त गरेकामा ७५ वटा स्वर्ण पदक रहेका छन् ।
अङ्कतालिकाको दोस्रो स्थानमा रहेको कञ्चनपुरले ६४ स्वर्ण, ४२ रजत र २४ कास्य गरी एक सय ३० पदक प्राप्त गरेको छ । तेस्रो स्थानमा रहँदै डडेल्धुराले नौ स्वर्ण, १० रजत र २४ कास्य पदक प्राप्त गरेको छ ।
प्रदेशका नौ जिल्लाले सहभागिता जनाएको छनोट प्रतियोगिताको चौथो स्थानमा बझाङ रहेको छ । बझाङले नौ स्वर्ण, आठ रजत र १० कास्य पदक पाएको छ । पाँचौँ स्थानमा रहेको बाजुराले छ स्वर्ण, छ रजत र १८ कास्य पदक पाएको छ भने छैटौँ स्थानमा रहेको दार्चुलाले तीन स्वर्ण, नौ रजत र २२ कास्य पदक प्राप्त गरेको छ । बैतडी, डोटी र अछाम क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय ७८ खेलाडीले सहभागिता जनाउनेछन् । यस्तै, चार सय ५० जना निर्णायकहरू पनि सहभागी हुनेछन् ।
सुदूरपश्चिम प्रदेशले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलहरू गरिरहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिए ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया