ऋतिककाे बलिउड डेब्यूको लागि घर धितो राखेकाे पिता राकेशकाे खुलासा

काठमाडाैं । फिल्म निर्माता राकेश रोशनले फिल्म ‘कहो ना प्यार है’ बनाउन आफ्नो घर धितो राखेको खुलासा गरेका छन्।
हालै एक अन्तरवार्तामा उनले यस्तो खुलासा गरेका हुन् । ऋतिकलाई भने यसबारे थाहा नभएको राकेशले बताए । ‘यो फिल्मको लागि मैले मेरो घर धितो राख्नु पर्यो। यद्यपि मैले यो कुरा ऋतिकलाई भनेको थिइनँ। यो कुरा श्रीमतीलाई मात्र थाहा थियो,’ उनले भने ।
फिल्मले राम्रो प्रदर्शन नगरेको भए आफुहरुले घर छोड्नुपर्ने अवस्था भएको उनले सम्झिए । ‘मसँग भएको पैसाले मैले मेरा सबै आवश्यकताहरू पूरा गरें। यदि फिल्मले राम्रो प्रदर्शन नगरेको भए अन्यत्र सर्नु पर्ने थियो, तर त्यसो भएन। मैले यो जोखिम लिएँ।’
ऋतिकले सन् २००० मा फिल्म ‘कहो ना प्यार है’ बाट बलिउडमा डेब्यू गरेका थिए। यस फिल्ममा उनको अपोजिटमा अमिषा पटेल देखिएकी थिइन्। १० करोड रुपैयाँको लागतमा बनेको यो फिल्मले विश्वभर ७८.९३ करोड रुपैयाँ कमाएको थियो।















लागुऔषधसहित तेह्र जना पक्राउ
कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ
यस्तो छ आजकाे लागि फलफूल तथा तरकारीकाे मूल्य
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
प्रतिक्रिया